राष्ट्रपति भण्डारीद्वारा टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण
१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् ।
उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘खासै ठूलो समस्या केही होइन, नियमित चेकका लागि जानु भएको थियो, फर्किसक्नुभयो ।’
राष्ट्रपति भण्डारी बिहान नौ बजे त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीले आँखा र पेटको जाँच गराएकी थिइन् ।
१२ साउन २०७८, मंगलवार १२:३७ बजे प्रकाशित