३८९९ संक्रमित, १७७८ संक्रमणमुक्त, २० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३ गर्दा ११७३ मा संक्रमण देखिएको छ ।
कोरोना परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्दो छ ।
यही अवधिमा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ ।
यस्तै, निको हुने दर भने संक्रमितको तुलनामा आधा जति देखिएको छ ।
करिब ३९ सय संक्रमित थपिँदा एक हजार ७७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
१२ साउन २०७८, मंगलवार १६:२७ बजे प्रकाशित




