गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारका नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिशमा मुख्यमन्त्रीले शपथ गराएकी हुन्।
गण्डकी सरकारमा कांग्रेसबाट मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री र विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामजी बराल अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंक्षणमन्त्री बनेका छन्।
योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ। यसअघि कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बनेका थिए।
८ साउन २०७८, शुक्रवार १४:४५ बजे प्रकाशित