गण्डकीमा कांग्रेस र माओवादीबाट ६ मन्त्री थपिए

८ साउन, पोखरा । गण्डकी प्रदेश सरकारमा ६ जना मन्त्री थपिएका छन् । माओवादीबाट ३ र कांग्रेसबाट ३ जना सांसद मन्त्री नियुक्त भएका हुन् ।
कांग्रेसका मेखलाल श्रेष्ठ, मणिचन्द्र शर्मा र विन्दुकुमार थापा मन्त्री नियुक्त भएका हुन्। यस्तै , माओवादीका रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढा मन्त्री नियुक्त भएका हुन् । यससँगै गण्डकी मन्त्रीपरिषद ११ सदस्यीय भएको छ ।
उनीहरूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । यसअघि सामाजिक विकास मन्त्री रहेका कुमार खड्काको जिम्मेवारी हेरफेर भएको छ । उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी परेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा नियुक्ति र सपथ लिँदा नै कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री नियुक्त भएका थिए ।
८ साउन २०७८, शुक्रवार १४:२४ बजे प्रकाशित