गण्डकी प्रदेशमा सरकारमा तीन मन्त्रीको नाम टुंगियो

८ साउन, पोखरा । नेपाली काँग्रेसले गण्डकी प्रदेशमा सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगाएको छ । सरकार बनेको डेढ महिनापछि काँग्रेसबाट मन्त्री बन्ने थप ३ जनाको टुंगो लागेको हो ।

कांग्रेसले सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। उनी स्याङ्जाबाट समानुपातिक सांसद बनेका हुन्। जेठ २९ मा उनले प्रहरीसँग अभद्र व्यवहार गर्दा विवादित बनेका थिए।

बागलुङका मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएका छन्। पोखराका विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्।

मन्त्री बनेका तीनै जना संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षका हुन्। यसअघि सामाजिक विकास मन्त्री बनेका कुमार खड्कालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रले आफ्नो तर्फबाट रामजी बराल, दीपक चर्ती मगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय बिहीबार नै गरेको थियो।

८ साउन २०७८, शुक्रवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु