सर्वोच्चबाट पुनस्थाापित प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन एजेण्डा

३ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने छ । करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर०ले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै बताइसकेका छन् । यद्यपि आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

चालु अधिवेशनमै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने छन् । तर उनले कहिले विश्वासको मत लिने भन्ने टुंगो छैन ।

३ साउन २०७८, आइतवार ०७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु