सात वटै प्रदेशका प्रमुख फेर्ने तयारी, कुन प्रदेश कसको भागमा पर्यो ?

सरकारले सात वटै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने र प्रदेश प्रमुखहरू हटाउने तयारी गरेका हुन्।

सात वटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरू छन्। सात वटा प्रदेशमा गठबन्धनका दलहरूसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन्।

सात वटा प्रदेशमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी अघि बढाइएको स्रोतले जानकारी दिएको छ।

सम्भवतः आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने स्रोतको भनाई छ। यसै गरी, ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरू खारेज वा नियुक्तलाई हटाउनेबारे समेत छलफल बढेको छ।

देउवाले बोलाए संसदीय दलको बैठक

नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी बोलाइएको हो।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो। ३ गतेबाट हुने संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री देउवाले सांसदहरूसँग सुझाव लिने र सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल हुने भुसालले जानकारी दिइन्।

३ साउन २०७८, आइतवार ०७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु