कोरोना अपडेट : २१ जनाको मृत्यु, थप १,८७५ संक्रमित, २,१६४ संक्रमणमुक्त

२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १,८७५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ ९६,८५८ पीसीआर र ३,२०८ एन्टीजेन० नमुना परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

शनिबारको संक्रमण दर १८।६२ प्रतिशत छ । शनिबार २,१६४ जना संक्रमणमुक्त भएका छन् । थप २१ जनाको मृत्यु भएको छ ।

निको हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३।९० प्रतिशत सक्रिय संक्रमित छन् ।

हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ। संक्रमितको कुल संख्या ७ लाख नाघेको छ ।

पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

२ साउन २०७८, शनिवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु