क्रान्तिकारी मोर्चा बनाउनेबारे वैद्य-विप्लव छलफल

नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच क्रान्तिकारी ध्रुवीकरण र संयुक्त मोर्चा बनाउनेबारे छलफल भएको छ ।
देउवा सरकार आएसँगै काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका विप्लवले शनिबार वैद्यसँग भेट गरेर क्रान्तिकारी ध्रुवीकरण र संयुक्त मोर्चा बनाउने बारे छलफल गरेका हुन् ।
‘नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड मोहन बैद्य किरणसँग भेटघाट, क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल’, विप्लवले वैद्यसँगको भेटवार्ताको विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
विप्लव तत्कालनि केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर झण्डै साढे ३ महिनाअघि शान्तिपूर्ण राजनीतिमा आएका थिए ।
३ साउन २०७८, आइतवार ०७:३४ बजे प्रकाशित