रिल्याक्स गर्दै ओली

२ साउन, काठमाडौं । मंगलबार प्रधानमन्त्रीबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुर लगायतका नेता बालकोट पुगेका छन्।

शनिबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका हुन्। ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक जसपाको ठाकुरपक्षसँग भेटवार्ता भएको हो।

बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट मात्र भएको छलफलमा सहभागी जसपाका नेता शरतसिंह भण्डारीले बताए ।

‘केही खास होइन, उहाँ प्रधानमन्त्री हुँदासँगै काम गरेको, बालुवाटार गइरहेको हुन्थ्यौं। त्यहाँबाट बालकोट जानु भयो, हामी शिष्टाचार भेट गर्न गएका हौ’ भण्डारीले भने।

भेटमा ओलीले प्रधामन्त्रीबाट बाहिरिएपछि आफूले ‘रिल्याक्सु महशुस गरेको बताएको भण्डारीले जानकारी दिए। ‘उहाँले प्रधानमन्त्रीबाट बाहिरिएपछि ठिकै भयो, आनन्द भयो, रेष्ट अनि रिल्याक्सपनि भयो भन्नु भयो’ ओलीलाई उदृत गर्दै भण्डारीले भने।

प्रधानमन्त्री हुँदा ओलीलाई जसपाको ठाकुर पक्षले साथ दिएको थियो।

२ साउन २०७८, शनिवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु