प्रदेश २ सरकारका दुई मन्त्रीले दिए राजीनामा

२ साउन, जनकपुरधाम । प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले मन्त्री पदबाट दिए राजीनामा दिएका छन्। शुक्रबार आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवहाले मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री राउतले आज राजीनामा स्वीकृत गरी माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिएको मन्त्री यादवले बताए।

उनका अनुसार दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय पनि भइसकेको छ । आज ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्ण माओवादी केन्द्रबाट आज मन्त्री बन्न लागेको हो ।

उनले अहिलेको अवस्थामा सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकोले आफुले राजीनामा दिएको जानकारी दिए। माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर, मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

२ साउन २०७८, शनिवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु