एमाले विवाद : १० बुँदे सहमति अनुमोदन

१ साउन, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।
शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए ।
ज्ञवालीका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ ।
नेपाल समूहका नेता भने अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित रोक्न नमानेको भन्दै बाहिरिएका थिए ।
१ साउन २०७८, शुक्रवार १३:५८ बजे प्रकाशित