एमाले बैठकबाट माधव नेपाल पक्ष बाहिरियो

१ साउन, काठमाडौं । नेकपा एमाले बैठकबाट माधव नेपाल पक्ष बाहिरिको छ ।

बैठकमा माधवकुमार नेपाल पक्षले बैठक रोक्न आग्रह गरेको छ । तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न गरिएको अस्वीकार गरेका छन् ।

तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् ।

पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् ।

१ साउन २०७८, शुक्रवार १२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु