केपीबारे प्रचण्डको भविष्यवाणी ठ्याक्कै मिल्यो

१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको २०७७ माघ ६ गतेको भविष्यवाणी मिलेको छ । एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबारे प्रचण्डले गरेको भविष्यवाणी मिलेको हो । प्रचण्डले ओलीलाई भित्तामा पुर्याएएर छाड्ने बताएका थिए ।

‘म कठोर हुनु पर्यो भने युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक । कठोर हुनुपर्यो भने नि म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु’ प्रचण्डले भनेका थिए ‘म अहिले तयार भएकै छु ।’

प्रचण्डको भाषण जस्ताको त्यस्तै

म कठोर हुनु पर्यो भने युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक । कठोर हुनुपर्यो भने म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु । म अहिले तयार भएकै छु ।

म केपीजीलाई के भन्छु भने तपाइँले ब्लन्डर गर्नु भो । माधवजीलार्ई हेपेर माधवको पक्षमा लाग्ने इमान्दार कार्यकर्तालाई अपमानित गर्न खोजेर प्रचण्डलाई उपयोग गर्छु भनेर तपाइँले ब्लन्डर गर्नु भयो एउटा ।

अर्को प्रचण्ड जस्तो मान्छेलाई लत्याएरर मज्जाले घुमाएर जेजे भने त्यही गर्ने बनाउँछु भन्ने ठानेर ब्लन्डर गर्नु भो । तपाइँ सिद्यिनु भो अब । तपाइँ सिद्यिनु भो । तपाइँ हारी नै सक्नु भो बाजी, लडाइँ तपाइँले हारिसक्नु भो ।

तपाइँ संविधानवादका विरुद्ध गएर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गएर र सार्वभौम नेपाली जनताका विरुद्ध गएर जब तपाइँले तरबार उज्याउनु भयो तब तपाइँले लडाइँ हार्नु भयो, जनताले लडाइँ जिते ।

तपाइँ अब इतिहासमा कलंकको अबतारलाई इतिहासले बारम्बार सम्झिन्छ । सम्झिन त मान्छेले दुई थरी सम्झिने रहेछ । हिटलर पनि हामीले नाम अहिले लिइराख्छौँ । गोर्वाचोकको पनि लिइराख्छौँ । यरसिंकको पनि नाम लिन्छौँ । के लिन्छौँ त खराब पात्रको रुपमा लिन्छौँ, कुपात्रको रुपमा लिन्छौँ । कुलंगार र बेइमानको रुपमा लिन्छौँ ।

माक्स, लेनिन, माओ गान्धीलाई हामी सुपात्रको रुपमा लिन्छौँ । केपी कुपात्र भैसके । हामीले बनाएको होइन । उहाँको आफ्नै कर्मले आफुलार्ई सिद्याउनु भयो । अब केही महिनाभित्र उहाँ जानुहुन्छ ।

मैले त बुझिसकेको छु हेर्नुस अब केपीको हातमा केही छैन । प्रष्ट बुझ्नु होला अब केपीको हातमा केही छैन । जुन दिनदेखि संसद भंग गर्न सिफारिस गर्नु भो केपीको हात सकियो । अन्तै छ चिजहरु ।

१ साउन २०७८, शुक्रवार १२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु