देउवा सरकारमा जाने तीन मन्त्रीको नाम टुंगियो

२९ असार, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तीन मन्त्रीको नाम टुंगो लागेको छ ।
कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड मन्त्री बन्न लागेका हुन् ।
यस्तै, नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।
माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ ।
स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् । मन्त्रीहरुले पनि संगै सपथ लिनेछन् ।
२९ असार २०७८, मंगलवार १८:०६ बजे प्रकाशित