महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

२९ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
सर्वोच्चले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै उनले मंगलबार राजीनामा दिएका थिए ।
उनको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२९ असार २०७८, मंगलवार १६:५० बजे प्रकाशित