महान्यायाधिवक्ता रमेश वडालले दिए राजीनामा

२९ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश वडालले राजीनामा दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बहिर्गमन हुने भएपछि उनको कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका वडालले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै प्रधानमन्त्री पनि फेरिने भएपछि वडालले राजीनामा दिएका छन् । उनी २०७७ चैत्र ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

नियुक्त भएको २ दिनपछि चैत्र ८ गते उनले पदभार ग्रहण गरेर कार्यभार सम्हालेका थिए ।

मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराउने कार्यक्रम तय भएको छ ।

२९ असार २०७८, मंगलवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु