सर्बोच्चको फैसलापछि काङ्ग्रेस धादिङले गर्यो दीप प्रज्वलन

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चको यस्तो फैसलापछि काङ्ग्रेस धादिङले दीप प्रज्वलन गरेर खुसीयाली मनाएको छ ।

कांग्रेसका कार्यकर्ताहरुले दिपावली गरेर सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् ।

अदालतबाट प्रतिनिधिसभा पुनस्थापना भएपछि गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलनमा स्थानीय नेता कार्यक्रता सहभागि थिए ।

जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुनस्र्थापना हुने फैसला सुनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलत संवैधानिक इजलासले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको हो ।

सर्वोच्चले धारा ७६ –५ को प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेकाले राष्ट्रपतिले उनलाई नियुक्ति नगर्नु संविधान विपरीत भएको पनि ठहर गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली धारा ७६ –३ अनुसार संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेको र उनले विश्वसको मत नलिएका कारण धारा ७६ –५ मा उनले दावी गर्न नमिल्ने पनि फैसलामा उल्लेख गरिएको छ ।

सर्वोच्चको यस्तो आदेश आएसंगै कांग्रेस कार्यकर्ताले खुसीयाली मनाइरहेका छन् ।

२८ असार २०७८, सोमवार २३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु