सर्वोच्चमा आज रूपा सुनारले दिएको रिटमा सुनुवाई हुँदै

२९ असार, काठमाडौं । सञ्चारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्चमा हालेको रिटमा आज सुनुवाई हुने भएको छ ।

रुपाले आफुमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई संरक्षण गरेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा हालेको मुद्धामा आज सुनुवाई हुने भएको हो ।

अदालतले सो मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासमा राखेको छ । अदालतले शिक्षा मन्त्री श्रेष्ठ र घरबेटी प्रधानलाई आज बहसका लागि बोलाएको छ ।

रुपाले असार २० गते जातीय विभेदको जाहेरीमाथिको अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेका बेला प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गर्नु कानूनविपरीत भएको भन्दै मन्त्रीविरूद्ध रिट दिएकी थिइन् ।

जातीय छुवाछुतको कसुरमा मन्त्रीलाई पनि कारबाही हुनुपर्ने माग गर्दै जाहेरी दिँदा प्रहरीले दर्ता गर्न नमानेपछि उनले सर्वोच्च अदालतमा रिट दिएकी हुन् ।

२९ असार २०७८, मंगलवार १३:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु