धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदहरुलाई कारबाही नहुने

१३ असार, काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले संविधानको  बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै यनले धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्गन गर्दा राजनीतिक दलसम्बन्धी ऐन आकर्षित नहुने बताएका हुन् ।

‘दल त्याग हुन राजीनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा, अर्को पार्टी गठन गरेमा हुन्छ’ उनले भने, ‘संसदीय दलको ह्वीप उलंघन गरेमा दल त्यागको एन आकर्सित हुन्छ । अन्यथा दल त्याग गरेको मानिदैन ।’

संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई दलीय समर्थन हुन सक्ने भए पनि खासमा यो उपधाराले सांसदकै समर्थनको का गरेको उनले बताए ।

‘धारा ७६ (५) मा ह्वीप उलंघन गरे पनि राजनीतिक दल सम्बन्धी एन लाग्दैन । हीप लाग्ने ब्यबस्था सरकार गठनको सन्दर्भमा ७६(२) मा मात्र हो’ उनले भने ।

अधिवक्ता आचार्यले एउटा कार्यकालमा एउटै व्यक्ति सबै धारा अनुसार प्रधानमन्त्री हुन नमिल्ने बताए । ‘यस्तो हुने भन्ने काहीं लेख्या छ ?’ उनले प्रश्न गरे ।

१३ असार २०७८, आइतवार १२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु