उपत्यकाका तीन प्रजिअ बैठक बस्दै, निषेधाज्ञा एक साता थप हुन सक्ने

१३ असार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

अन्य केही क्षेत्र खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् ।

सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग आए पनि अहिलेको अवस्थामा खोल्ने अवस्था आफुहरु नपुगेको र यस विषयमा पनि आज निर्णय हुने प्रजिअ निरौलाले बताएका छन् ।

अरु के– के क्षेत्र थप खुकुलो हुँन्छन् भन्ने प्रश्नमा अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समय तालिका हेरफेर हुँन्छ र अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिनेछौं उनले भनेका छन् ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

१३ असार २०७८, आइतवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु