विश्वासको मत लिँदै मुख्यमन्त्री पोखरेल

४ असार, पोखरा । गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत आज लिँदै  छन् । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता गरिएको छ ।

संविधानतः विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको हो ।

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र बिस्तार गर्ने मुख्यमन्त्री पोखरेलको तयारी छ । अहिले नीति तथा कार्यक्रम प्रस्तुत र बजेटका लागि तीन राजनीतिक दलबाट एक–एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई विना विभागीय मन्त्री बनाईएको छ ।

४ असार २०७८, शुक्रवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु