गण्डकी प्रदेशको नीति तथा कार्यक्रमबारे मंगलवार छलफल हुने

३१ जेठ, पोखरा । गण्डकी प्रदेशसभामा सोमवार पेस भएको नीति तथा कार्यक्रमबारे मंगलवार छलफल हुने भएको छ। सोमवार प्रदेश प्रमुख सीताकुमारी पौडेलले बैठकमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्।
नीति तथा कार्यक्रम पेस गरेपछि आधा घण्टा स्थगित बैठक पुनः सञ्चालन भएको थियो। बैठकमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम पेस भएको जानकारी गराएपछि सभामुखले बैठक स्थगित गर्दै मंगलवार बिहान १० बजेका लागि डाकेकी छन्।
३१ जेठ २०७८, सोमवार १९:१८ बजे प्रकाशित