बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकियो, प्रदेश सरकारहरुबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकमा सबै मन्त्रीहरु सहभागी थिए ।
प्रधानमन्त्री सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक प्रदेश सरकारहरुबारे छलफल भएको छ । बिभिन्न प्रदेशमा सरकार फेरबदलको प्रयास भइरहेका बेला केन्द्रमा त्यस विषयमा समिक्षात्मक छलफल भएको हो ।
सोमबार मात्रै नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।
माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका ७ जनाले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।
सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।
संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए ।
३१ जेठ २०७८, सोमवार १९:३३ बजे प्रकाशित