देउवा र प्रचण्ड पुगे माधव नेपाल निवास कोटेश्वर 

३१ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगको छन् ।

देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर केहीबेर अगाडि पुगेका छन् । नेताहरुबीच छलफल जारी छ ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनीहरु त्यहाँ पुगेको बताईन्छ ।

३१ जेठ २०७८, सोमवार १९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु