आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरण सहित)

३१ जेठ, काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४३८ पीसीआर परीक्षणमा २०४९ जनामा र ५,३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २.९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९६, झापामा १६०, ललितपुरमा १४५, मोरङमा ११५, चितवनमा १०८ र सुनसरीमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नुवाकोटमा ८५, काभ्रेपलाञ्चोकमा ८४, कास्कीमा ८१, भक्तपुरमा ६६ , रुपन्देहीमा ५६, मकवानपुरमा ५२, नवलपरासी पूर्वमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा ५६, धनुषामा ४०, दोलखामा ३४, गोरखामा ३१, धादिङमा २८, पाल्पामा २६, दाङमा २७, अछाममा २३, सप्तरीमा २२, उदयपुर र सिन्धुलीमा २१/२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जुम्लामा १४, सोलुखुम्बु, रौतहट र रामेछापमा ११/११ जना, पर्सा र रसुवामा १०/१० जना,कञ्चनपुरमा ९, महोत्तरी, गुल्मी र नवलपरासी पश्चिममा ८/८ जना, बारा र सर्लाहीमा ७/७ जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँ, अर्घाखाँची र बर्दिया ६/६ जना, संखुवासभा, सिरहा, म्याग्दी, बागलुङ, कपिलवस्तु र सल्यानमा ५/५ जना, इलाम, धनकुटा, बाँके र रुकुम पश्चिममा ४/४ जना, तेह्रथुम, लमजुङ, रोल्पा, कालिकोट, कञ्चनपुर, कैलाली र बैतडीमा ३/३ जना, ओखलढुंगा, पर्वत, स्याङजा, प्युठान र जाजरकोटमा २/२ जना तथा रुकुम पश्चिम, दैलेख, सुर्खेत र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका ६४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३१ जेठ २०७८, सोमवार १८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु