गण्डकीमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको आलटाल, भनिन- भोलि हेरौंला

विपक्षी गठबन्धनले बहुमत ३१ सांसदको हस्ताक्षर गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाएका छन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् ।
नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर स-शरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए ।
‘सनाखत कर्मचारीको अगाडि गराऔं कि हजुरकै अगाडि रु भन्ने सांसदको प्रश्नमा प्रदेश प्रमुख पौडेलले ‘सनाखत भोलि गरौंला’ भन्ने जवाफ दिइन् ।
भनिन्, ‘ठीक छ यहाँहरूले ल्याउनुभएको छ । आज भइहाल्यो, प्रक्रिया पुगे नपुगेको भोलि हेरौंला ।’
नेपालीले भने बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेका थिए ।
२८ जेठ २०७८, शुक्रवार १९:२७ बजे प्रकाशित