कानुन र संविधान जोगाउनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

२८ जेठ, काठमाडौँ। शुक्रबार भएको सर्वदलीय बैठकमा दलहरुले कानुन र संविधान जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा सरकारले गरेको संसद विघटन गलत भएको बताइएको छ ।
बैठकमा संसद विघटनले लोकतन्त्र संकटमा परेको समेत दावी गरिएको छ ।
बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् ।
सापकोटालाई लोकतन्त्र बचाउन सुझाव दिएको समेत नेताहरुले बताएका छन् ।
२८ जेठ २०७८, शुक्रवार १८:४२ बजे प्रकाशित