मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

गृहमन्त्रीमा महेश बस्नेत र खगराजको चर्चा

मन्त्री बन्न लागेकाहरु भनेर खगराज अधिकारी, महेश बस्नेत, नारदमुनी राना, नैनकला थापा लगायतको नाम चर्चामा छ ।

२७ जेठ २०७८, बिहीवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु