गृहमन्त्रीमा महेश बस्नेत र खगराजको चर्चा

२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल थालेका छन् । अहिले आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि ओलीले तयारी थालेका हुन् । गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज अधिकारीले दाबी पेश गरेपछि प्रधानमन्त्री ओली कसलाई बनाउने भनेर दबाबमा परेका छन् । नेता बस्नेत र अधिकारी दुवैले ओलीलाई अप्ठ्यारो अवस्थामा साथ दिएका हुन् ।

तर, ओली भने चुनाव गराउनुपर्ने भएकोले अलिक विवादमा नपरेकालाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा देखिएका छन् । प्रहरी नेतृत्वले पनि बस्नेतभन्दा अधिकारीलाई रुचाएकोले गृहमन्त्रीमा अधिकारीकै सम्भावना रहेको पनि एमालेनिकट उच्च स्रोतको दाबी छ । अधिकारी गृहमन्त्री बने बस्नेत सञ्चारमन्त्री बन्नेछन् । बस्नेतले पनि आफूलाई गृह नदिईए सञ्चार दिन भनेका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आँफैसँग राख्ने भएका छन् । पूर्व माओवादी खेमालाई पनि खुशी तुल्याउनको लागि केही मन्त्रालय दिने उनको तयारी छ । यसको लागि उनले अहिले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँग परामर्शसमेत गरेका छन् । तर, नाम भने तय भएको छैन् ।

२५ जेठ २०७८, मंगलवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु