माधव नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने राष्ट्रपति भण्डारीको प्रस्ताव

एमाले एकता बचाएर लैजानुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गरेकी छन् ।

आफुलाई भेट्न सितल निवास आएका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति भण्डारीले यस्तो प्रस्ताव राखेकी हुन् ।

एमाले एकता बचाएर लैजानुपर्नेमा राष्ट्रपतिको जोड रहेको दाबी गर्दै स्रोत भन्छ, ‘माधव नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।’

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सोमबार राती भएको भेटमा यस्तो प्रस्ताव राखिएको हो ।

२४ जेठ २०७८, सोमवार २१:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु