राजेन्द्र महतोको ‘देश टुक्र्याउने’ अभिव्यक्ति, योगेश भट्टराईद्धारा आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल सरकारको उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री पदमा शपथ खाएको केहि समय बित्न नपाउँदै मुलुक टुक्र्याउने एजेण्डासम्बन्धी आपत्तिजनक अभिव्यक्रि दिएका छन् ।

नेपालको संविधानअन्तर्गत शपथ ग्रहण गरे लगत्तै महतोले मुलुक टुक्र्याउने र संविधानको धज्जी उडाउने गरी नेपाललाई बहुराष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलनको तयारीमा लागेको बताएका छन् ।

शुक्रबार पदको शपथ खानासाथ मन्त्री महतोले बहुराष्ट्रिय राज्यको बहस निकालेका हुन् ।

एमालेका नेता योगेश भट्टराईले महतोको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्ना उपप्रधानमन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

उपप्रधानमन्त्री महतोको भनाईले राम्रो संकेत नगरेको टिप्पणी गर्दे भट्टराई लेखछन्, ‘संकेत राम्रो छैन। देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू।’

 

२२ जेठ २०७८, शनिवार ०८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु