‘द भ्वाइस अफ नेपाल’को नयाँ एपिसोड हेर्न छुटाउनु भयो कि ? (भिडियोसहित)

२२ जेठ,काठमाडौं ।  दर्शकको रोजाइमा परेको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-३’ को प्रसारण शुक्रवारदेखि सुचारु भएको छ ।

केही साता प्रसारण रोकिएको उक्त शो शुक्रवारदेखि सुचारु भएको ‘द भ्वाइस अफ नेपाल’
को नकआउट राउण्डमार्फत यो कार्यक्रमको प्रसारण नियमित भएको हो ।

‘महागुरू कोच दीप श्रेष्ठको स्वस्थमा क्रमिक सुधार आइरहेको हुँदा यो साता र अर्को साता, शुक्रबारमात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ । त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउने छौं’, पेजमा लेखिएको छ ।

यसअघि कोरोना सङ्क्रमणको जोखिम बढेसंगै यो कार्यक्रमको प्रसारण रोकिएको थियो ।

कार्यक्रमका निर्णायक तथा केही प्रतिस्पर्धीहरूलाई कोरोना सङ्क्रमण भएपछि यसको छायांकन नै प्रभावित भएको थियो ।

कोचहरु प्रमोद खरेल, तृष्णा गुरुङ तथा दीप श्रेष्ठ नै कोरोना सङ्क्रमित भएपछि यसको छायांकन रोकिएको थियो ।

अहिले प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् भने दीप श्रेष्ठ अस्पतालमा उपचाररत छन् । श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइन्छ ।

यस्तो छ नकआउटको नियम

यतिबेला भ्वाइसको प्रत्येक कोचसंग नौ–नौ जना प्रतिभाहरु छन् ।

टीम दीपमा प्रिया गुरुङ, आर्यन तामाङ, इशान राई, सुनिल थापा मगर, सुजिता योञ्जन, गोभिन पुन, बिजय भण्डारी, जेनिश राई तथा कुशल श्रेष्ठ छन् ।

टिम प्रमोदमा मेनिला मैनाली, धर्मेन्द्र सुनार, रवि गहतराज, दीक्षा थापा, उत्सव नेपाल, किरण गजमेर, सुदिता राई, बिक्की परियार तथा निहारिका ज्ञवाली छन् ।

टीम राजुमा सम्राट राजभण्डारी, विजय थाडा मगर, सोनाम शेर्पा, तारा श्रीष, सन्दीप राई, गन्बिर बुढामगर, उर्मिला कुसुण्डा, नबिन गजमेर तथा ध्रुव तामाङ छन् ।

यसैगरी टिम तृष्णामा अबि दोङ तामाङ, अफ्रिता खड्गी, सागर हाल, श्रीया नेपाल, ज्वाला राई, सुरक्षा मल्ल, टोपराज राई, कर्णराज गिरी तथा सुरक्षा सेन्चुरी छन् ।

यी मध्ये जम्मा तीन जनामात्र अघिल्लो चरणमा जाने शुक्रवार प्रसारण भएको इपिसोडमार्फत जनाइएको छ ।

नौ प्रतियोगिहरुलाई तीन–तीन जना गरी तीन समुहमा विभाजन गरिनेछ र ती तीन समुहबाट तीन जना प्रतिस्पर्धिहरु छानिएपछि उनीहरु मध्ये एक जना उत्कृष्ट छानिनेछन् ।

जस अनुसार नकआउट चरण सकिएपछि प्रत्येक कोचसंग उत्कृष्ट तीन प्रतियोगिमात्र बाँकी रहने छन् ।

अर्थात समग्रमा चार कोचका तीन–तीन प्रतिभा गरी १२ जनामात्र लाइभ राउण्डमा जाने छन् ।

बांंकी भिडियोमा

२२ जेठ २०७८, शनिवार ०८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु