एमाले ओली पक्षको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।
एमालेमा चर्केको अन्तरसंघर्ष र नेताहरुको कारवाहीबारे सम्वाद चलिरहेकाले बैठक स्थगित भएको अध्यक्ष ओली निकटका एक नेताले जानकारी दिए ।
२० जेठ २०७८, बिहीवार १४:३५ बजे प्रकाशित