नेप्से ३५.२८ अंकको वृद्धि भई २८६२.४० विन्दुमा

२० जेठ, काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३५.२८ अंकले बढेर २८६२.४० विन्दुमा पुगेको छ ।

एक घण्टाको अवधीमा बजेसम्म कारोबारमा आएका २०६ ओटा कम्पनीको रु. ४ अर्ब ५१ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा सोही अवधीसम्ममा आज १५२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २२ शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

एक घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड, विकास बैंक, वित्त, अन्य, बैंकिङ, व्यापार,जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, र लगानी समूहको सबै परिसूचकमा हरियाली छाएको छ ।

२० जेठ २०७८, बिहीवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु