राष्ट्रपतिको अधिकार र सकियतालाई संविधानले नै सीमावद्ध गरिदिएको छ : योगेश भट्टराई

२० जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोनाविरुद्धको खोपका लागि राष्ट्रपतिको अग्रसरतालाई अन्यथा मान्न नहुने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्न नहुने बताएका हुन् ।

“सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न,” उनले भने,“खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने की ?”

“राजनीतिक विषयमा राष्ट्रपतिको अधिकार र सकियतालाई संविधानले नै सीमावद्ध गरिदिएको छ,” भट्टराईले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रियस्तरमा विभिन्न देशहरुसँग खोपका लागि आफैँ सक्रिय रहेर पहल गरिरहेकी छन् । राष्ट्रपतिको उक्त कदमको सर्वत्र आलोचना समेत भइरहेको छ ।

२० जेठ २०७८, बिहीवार १४:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु