मन्त्रिपरिषद बैठक बस्दै, प्रदेशसभा विघटनबारे छलफल हुने

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
बैठकका एजेन्डाबारे जानकारी भने दिइएको छैन् । तर, प्रदेशसभा विघटनबारे छलफल हुने स्रोतको दाबी छ ।
प्रदेशसभा विघटन सिफारिस गरेर पुरै मुलुकलाई मध्यावधि चुनावमा लैजान सकिनेबारे छलफल हुने जनाइएको छ ।
२० जेठ २०७८, बिहीवार १५:३९ बजे प्रकाशित