माधव नेपालले केन्द्रीय समितिको बैठक बोलाएपछि ओलीको आपत्ति

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले केन्द्रीय समितिको बैठक बोलाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । उनले अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था रहेको तर अनाधिकृत रुपमा बैठक बोलाइएको सुन्नमा आएको भन्दै आपत्ति जनाएका हुन् ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु ।’

विज्ञप्तिमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन समेत सूचित गरिएको छ । नेपाल समूहले बिहीबार जुम प्रविधिमार्फत बैठक बोलाएका हुन् ।

२० जेठ २०७८, बिहीवार ०८:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु