बादलले व्यक्त गरे माओवादी केन्द्र फर्किने चाहना

ओलीले धोका दिएको निष्कर्ष

राम बहादुर थापा ‘बादल’ ले माओवादी केन्द्र फर्किने चाहना व्यक्त गरेका छन् । राष्ट्रिय सभा उपनिर्वाचनको मत परिणाम नआउदै उनले हार स्विकारेका थिए ।

मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु छुट्टाछुट्टै स्थानमा बसेका थिए । एमाले एक भएर आफुलाई भोट नदिएको आफैले देखेपछी बादलले हार स्विकार गरेका थिए ।

चुनाव अघि नै एमालेको विवादलाई समाधान गरेर एमालेको माधब पक्षको मत पनि आफुलाई दिलाउने ओलीले विश्वास दिलाउदै आएका थिए तर समस्या समाधन नगराएर माधव पक्षले आफ्नै प्रतिस्पर्धी डा. खिमलाल देवकोटालाई भेट गरेपछि ओलीले नै आफुलाई धोका दिएको बादलले निष्कर्ष निकालेका छन् । स्रोतका अनुसार अब उनी माओवादी केन्द्रमै फर्किन चाहन्छन् ।

राजनीतिबाट सन्यास लिने बादलको घोषणा !

माओवादी केन्द्र त्यागेर एमालेको ओली पक्षमा लागेपछि उनलाई माओवादी केन्द्रले दल त्याग गरेको कानून अनुसार कारबाही गर्यो । त्यसपछि खाली एक सदस्यका लागि पुनः निर्वाचन भएको हो । उसो त ओलीपछि एमाले नेतृत्व गर्न तम्सिएका महासचिव ईश्वर पोखरेलको भूमिका भने राष्ट्रिय सभा निर्वाचनमा संकास्पद देखिएको छ । पोखरेलले वक्तव्य जारी गरेर बादललाई भोट हाल्न निर्देशन त दिए । तर उनी पक्षिय सांसद र स्थानीय तहका प्रमुख उप प्रमुखले भने डा. देवकोटालाई भोट हाले । पोखरेल आफैंले डा। देवकोटालाई धेरै भन्दा धेरै मत दिएर राष्ट्रिय सभामा निर्वाचित गराउने र पार्टी एकताको प्रक्रियामा अवरोध ल्याउन चाहेको आरोप ओली क्याम्पमै लागेको छ । बादललाई नराम्रोसँग पराजित गरेर उनी माधब नेपाल र बादलको दुरी बढाउने र केपी ओलीलाई पनि नेपालसँग चिड्याउने अभियानमा लागेका हुन् ।

यो समग्र विषयको मुल्याङ्कन गरेर नै उनी माओवादीमा फर्किन चाहेको स्रोतको दाबी छ ।

२० जेठ २०७८, बिहीवार ०७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु