ईश्वर पोखरेल र योगेश भट्टराईबीच आकस्मिक भेटवार्ता
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र असन्तुष्ट समुहका नेता योगेश भट्टराईबीच बुधबार आकस्मिक भेटवार्ता भएको छ । उनीहरु बीचमा एमालेको आगामी राजनीतिलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको बताइएको छ ।
बुधबार अपरान्ह ३ बजेदेखि लगभग ४० मिनेट पोखरेल र भट्टराईबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आकस्मिक भेटवार्ता भएको हो ।
भट्टराई असन्तुष्ट समुह माधब नेपाल निकट नेता मानिन्छन् । अबको राजनैतिक यात्रामा उनी कता लाग्छन् भन्ने अझै अन्योलको विषय रहेको छ । यो समयमा भएको पोखरेलसँगको भेटलाई अर्थपूर्ण हुने अनुमान गरिएको छ ।
२० जेठ २०७८, बिहीवार ०८:४४ बजे प्रकाशित





