यी तीन जनप्रतिनिधि, जो राष्ट्रियसभा उपनिर्वाचनमा गएनन्

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा प्रदेश सभातर्फ शतप्रतिशत मतदान भएको छ भने स्थानीय तहका ३ जनप्रतिनिधि भने सहभागी भएनन् ।

मतदानमा ३ सय मतदातामध्ये कुल २९७ मत खसेको हो । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए ।

यो समय कोरोना महामारी नियन्त्रणको बेला भएकाले चुनाव अनुपयुक्त भएकाले आफू मतदान प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ । यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन्। उनी पनि सहभागी भएनन् ।

यस्तै गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी छन्। उनी काठमाडौंमा उपचार गरिरहेका छन् । स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन् ।

अब केहीबेरमा मत मेटिकाको मुचुल्का उठाएर मतगणना सुरू हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मत परिणाम आजै आउनेछ।

१७ जेठ २०७८, सोमवार १५:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु