मतगणना अपडेट: कांग्रेसका पाण्डेलाई पछ्याउँदै एमाले उम्मेदवार नेपाली

१७ जेठ, बुटवल ।  लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

पहिलो चरणको मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले अग्रता लिएको जनाइएको छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ। कांग्रेसका पाण्डेलाई पछ्याउँदै एमाले चन्द्रबहादुर खड्काले पच्छयाइरहेका छन् ।

आजै भएको मतदानमा २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् । उपनिर्वाचनको मतगणना परिणाम साँझसम्म आउने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ।

१७ जेठ २०७८, सोमवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु