प्रदेशको सबै मत खस्यो, स्थानीय तहको ७ मत खस्न बाँकी

राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशको दाङको घोराहीमा जारी निर्वाचनमा प्रदेशसभा सदस्य सबै जनाको मत खसेको छ। प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशका ८३ सदस्य सबैको मत खसेको छ।

बिहान ९ बजे देखी जारी मतदानमा कुल ३ सय मतदाता मध्ये अहिलेसम्म २ सय ९३ मत खसेको हो ।

प्रदेश सभा सदस्य ८३ जना सबैले मतदान गरिसकेको र स्थानीय तर्फको ७ मत खस्न बाकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशसभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउनेछन् ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दिर्घनारायण पाण्डे चुनावी मैदानमा छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ।

साथै मुख्यमन्त्री शङ्कर पोख्रेलले मतदान गरेका छन् । स्थानीय तर्फ भने हाल सम्म २०९ खसेको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।

दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

 

१७ जेठ २०७८, सोमवार १४:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु