नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. राणाद्धारा मतदान बहिष्कार
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको बताउदै बहिष्कार गरेका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत आज भइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदाता रहेका प्रमुख राणाले मतदान नगर्ने घोषणा गरेका हुन् ।
उनले आफ्नो पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले मतदान गर्न नसक्ने बताएका छन् ।
उनले भनेका छन् -‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन ।
मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस, एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद !!’
१७ जेठ २०७८, सोमवार १३:०२ बजे प्रकाशित













