बम कुमार श्रेष्ठ र तेज बहादुर केसीलाई संबैधानिक इजलासमा नराख्न निवेदकको माग

संसद विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा  दोस्रो दिनको सुनुवाइको क्रममा संवैधानिक इजलासमा राखिएका न्यायाधीहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाइएको छ । अधिवक्ता गोविन्द बन्दीले उनीहरूलाई इजलासमा राख्न नमिल्ने जिकिर गरेका हुन् ।

रिट निवेदकका तर्फबाट सुरुमा बहस गर्न आएका अधिवक्ता गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका हुन् । उनले शुक्रबार पहिलो दिनको बहसमा पनि यही प्रश्न उठाएका थिए ।

बन्दीले इजलास गठनमा प्रश्न उठाउँदै पछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले यो बहसमा कति समय लिने भनेर सोधे । बन्दीले एक घण्टा समय चाहिने बताए । बन्दीले यो विषयमा ५ जनाले बहस गर्ने पनि बताए । प्रधान न्यायाधीशले अनुमति दिएपछि बन्दीले बहस थाले ।

प्रधानन्याधीशले ‘त्यो फैसला र यो मुद्दामा के जोडिएको छ । यसरी बहस गर्न मिल्दैन’ भनेपछि बन्दीले जवाफ फर्काए- त्यो फैसला (एमाले र माओवादीलाई अलग गर्ने फैसला) नभएको भए अहिलेको स्थिति हुँदैनथ्यो त्यसकारण त्यो फैसलाको यो मुद्दामा सरोकार छ ।

बन्दीले बमकुमार श्रेष्ठ रहेको इजलासले ऋषि कट्टेलको मुद्दामा नाम मिलेकोमा अर्को नाम राख भन्नु पर्नेमा निवेदकको माग विपरीत एक स्टेप अगाडि बढेर माओवादी र एमाले साबिकमा फर्काउने काम भएको गलत भएको बताए ।

‘नेपालको रेगुलर कोर्सलाई त्यो फैसलाले बिथोल्ने काम गर्यो । नेकपा फुटाउने काम भएको छ,’ बन्दीले भने ।

१६ जेठ २०७८, आइतवार १२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु