प्रधानमन्त्री ओलीद्धारा देशबासीको नाममा सम्बोधन सुरु

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेछ ।
तर ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेको छ ।
१४ जेठ २०७८, शुक्रवार १६:१२ बजे प्रकाशित