नेपालमा कोरोनाबाट थप ६९५१ संक्रमित, ९६ जनाको मृत्यु

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार २०११० नमुना परीक्षण हुँदा ६९५१ संक्रमित थपिएका छन् ।
कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ ।
१४ जेठ २०७८, शुक्रवार १६:३० बजे प्रकाशित