फिनल्याण्डबाट नेपाललाई स्वास्थ्य सामग्री प्रदान

१४ जेठ, काठमाडौं । नेपाललाई कोरोना महामारीबिरुद्ध लड्न फिनल्याण्डद्वारा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार सर्जिकल माक्स, १ लाख ६४ हजार विनाइल ग्लोभ, २६ हजार थान गाउन, ३ लाख ५० हजार थान के एन मास्क र २ लाख ८८ हजार थान फेस सिल्ड नेपाललाई प्रदान गरेको हो ।

चार्टड विमानमा आएको उक्त सामग्री सामग्री शुक्रबार नेपालस्थित फिनल्याण्डका राजदूत प्रेटी एन्टीनेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।

सो क्रममा मन्त्री त्रिपाठीले संकटको समयमा स्वास्थ्य सामग्री सहयोग गरेकाले फिनिस सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालमा कोरोनासंग लड्न अन्य देशले गरेको सहयोग महत्वपूर्ण रहेको उनले बताए ।

कोरोनाको लहर थप चूनौतिपूर्ण रहेकाले यससंग लड्न सरकार तयारी अवस्था रहेको उनले बताए । उहाले खोपको सहज पहूँचका लागि सरकार प्रयत्नशिल रहेको र छिटै खोपहरु ल्याइने उल्लेख गरे ।

त्यस्तै बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर र १९ हजार २ सय आई प्रोटेक्टर छन् । सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ ।

१४ जेठ २०७८, शुक्रवार १५:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु