सर्वोच्चको फैसला कार्यान्वयन नभएको र संसदको अधिकार हनन भयो : सभामुख सापकोटा

१३ जेठ,  काठमाडौं  ।  विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्दै असाधारण निर्णय लिन सक्ने बताएका छन् ।

सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा कानूनविद्हरुसँग छलफल गर्ने क्रममा संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिन पछि नपर्ने बताएका हुन् । उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताएका हुन् ।

सभामुख सापकोटाले बिहीवार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधि सभा विघटन पछिको अवस्था र सभामुखको भुमिकाको सम्बन्धमा कानुनविद् तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको सम्बन्धमा आफ्नो धारणा राख्दै सभामुखलाई संविधान अनुरुप कदम चाल्न सुझाव दिएका छन् ।

सभामुख सापकोटाले कानुनविद्हरुसँगको छलफलले आफुलाई सहयोग पुर्‍याएको बताए । पुर्नस्थापित संसदमा प्रभावकारी भुमिका हुन नसकेको उनले स्वीकार्नुभयो । यद्यपी अहिले पहलकदमी बढको उनको भनाई छ ।

सभामुख सापकोटाले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार नै आफु चल्ने स्पष्ट पारे । जनताले प्रतिनिधि सभा सदस्यलाई सार्वभौम अधिकार सुम्पिएको भन्दै उनले सो अधिकार आफुबाट अभिव्यक्त हुनुपर्ने बताए ।

नेपाली जनताले दिएको सो अधिकार असाधारण परिस्थितिमा आफुले प्रयोग गर्ने उनले बताए । उनले राजनीतिक पार्टीहरुमा नै जनताको शक्ति केन्द्रीत भएर अभिव्यक्त हुने भएकाले आफुले राजनीतिक पार्टीहरुसँग छलफल थाल्नेपनि उनले जानकारी दिए ।

आफुहरु प्रतिनिधि सभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेश बाट चलाउन खोजिएको प्रति असन्तुष्टि पनि व्यक्त गरे । अध्यादेशबाट चलाउन खोज्नु बेठिक भएको उनको भनाई छ । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको र प्रतिनिधि सभाको अधिकारको हनन भएको उनले बताए ।

 

१३ जेठ २०७८, बिहीवार १८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु