नेपालमा थप ७२२६ कोरोना संक्रमणमुक्त, ६९३९ जना संक्रमण

१०६ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९९२ जनाको पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै २०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २ सय २६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । यो सँगै ४ लाख १८ हजार ८ सय २९ कोरोनामुक्त भएका छन् ।

त्यस्तै यस अवधिमा १०६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको छ।

काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र भक्तपुरका २६५ जना छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको दर ७७.२ प्रतिशत रहेको छ।

१३ जेठ २०७८, बिहीवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु